सिद्धार्थ बैंक 'सर्टिफिकेट अफ मेरिट' अवार्डबाट सम्मानित भएको छ।
साउथ एशियन फेडरेसन अफ एकाउन्टेन्ट्स (साफा)ले प्रदान गरेको 'सर्टिफिकेट अफ मेरिट' अवार्डबाट सम्मानित भएको हो।
साउथ एशियन फेडरेसन अफ एकाउन्टेन्ट्सले दक्षिण एशियाली देशहरूबाट प्रस्तुत गरिएका वार्षिक प्रतिवेदनहरूलाई मूल्याङकन गरी निजी बैंकिङ क्षेत्रको विधामा उक्त अवार्ड बैंकलाई प्रदान गरेको हो।
उक्त अवार्ड काठमाडौंको याक एण्ड एति होटलमा आयोजित 'उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२१' कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेलले ग्रहण गरेका हुन्।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट 'उत्कृष्ट वार्षिक प्रतिवेदन २०२१' अवार्ड प्राप्त गरेपछि बैंक उक्त अवार्डको प्रतिस्पर्धामा पर्न सफल भएको थियो।
यस अवार्डले आगामी दिनहरूमा अझ बढी परिष्कृत वित्तीय विवरण प्रकाशित गर्न हौसला मिलेको बैंकले बताएको छ।
बैंकले देशभर १९३ वटा शाखा (४ एक्सटेन्सन् काउन्टर सहित), २१५ एटिएम, ११८ शाखारहित बैंकिङ सेवा र एक हजार ८०० भन्दा बढी पिओएस मेसिनमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।