सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ।
कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।
हाल कम्पनीको चुक्ता पुँजी १२ करोड १६ लाख ४१ हजार ८४० रुपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश घोषणा गरेको हो।