बुटवल पावर कम्पनीले सेयरधनीहरूलाई आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद गरी कुल १२.५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
उक्त प्रस्ताव पारित गर्न कम्पनीले पुस ३० गते वार्षिक साधारण सभा समेत बोलाएको छ।
सभा, कार्की ब्यांक्वेट, काठमाडौंमा बिहान ११ बजे सुरू हुने कम्पनीले बताएको छ।
सभा प्रयोजनका लागि कम्पनीले पुस १८ गतेदेखि पुस ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।
पुस १७ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन्।