सूर्यज्योति लाइफ इन्स्योरेन्सको अध्यक्षमा केशव प्रसाद भट्टराई नियुक्त भएका छन्।
कम्पनीको पुस ७ गते बिहान बसेको ३३३औंं बैठकले केशव प्रसाद भट्टराईलाई कम्पनीको अध्यक्ष पदमा चयन गर्ने निर्णय गरेको हो।
उनले सोही दिन नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालसमक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।
कम्पनीको सोही दिन अपरान्ह बसेको सञ्चालक समितिको ३३४औं बैठकमा अध्यक्ष भट्टराईद्वारा सञ्चालकहरू नन्द किशोर शर्मा, हेमन्त नाहटा, विवेक झा, जयन्त कुमार अग्रवाल एवम् श्रीमती प्रिया तायललाई पद तथा गोपनियताको सपथ ग्रहण समेत गराए।
कम्पनीको सञ्चालक समितिको सल्लाहकारमा आकाश गोल्छा नियुक्त भएका छन्।
सूर्यज्योति लाइफ इन्स्योरेन्स सुर्या लाइफ इन्स्योरेन्स तथा ज्योति लाइफ इन्स्योरेन्स एक आपसमा गाभिएपछि बनेको कम्पनी हो।