आँधिखोला लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ सम्मको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।
गत वर्ष कम्पनीले १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गरेको थियो।
गत वर्षको तुलनामा कम्पनीले लाभांश दर बढाएको छ।
सिवाइसी नेपाल लघुवित्तसँग मर्जर प्रक्रियामा रहेको यस कम्पनीको चुक्ता पुँजी ११ करोड ९० लाख रुपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो।