सिद्धार्थ बैंकले आफ्नो स्थापनाको २०औं वार्षिकोत्सवको अवसर पारेर नक्सालस्थित नवनिर्मित केन्द्रीय कार्यालय भवनको सोमबार समुद्घाटन गरेको छ।
सोमबार आयोजित एक कार्यक्रमकाबीच बैंकका संस्थापक अध्यक्ष चिरञ्जी लाल अग्रवाल र वर्तमान अध्यक्ष मनोज कुमार केडियाले संयुक्त रूपमा उक्त भवनको समुद्घाटन गरेका हुन्।
उक्त कार्यक्रममा सञ्चालक समितिका सदस्यहरू, बैंकका पूर्व सञ्चालकहरू, संस्थापक सेयरधनीहरू, बैंकको व्यवस्थापन एवम् कर्मचारी तथा ग्राहकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
यसैगरी, बैंकले उक्त समुद्घाटन समारोहमा बैंकमा १५ वर्ष वा सोभन्दा बढी निरन्तर कार्यरत रही योगदान प्रदान गरेका सेवारत कर्मचारीहरूलाई पनि सम्मान गरेको छ।
बैंक आफैँले निर्माण गरेको भवनमा स्थानान्तरण गरी ग्राहकहरूलाई अझै स्तरीय सेवा प्रदान गर्ने हेतुले केन्द्रीय कार्यालयको निर्माण गरेको बताएको छ।
केन्द्रीय कार्यालयको अतिरिक्त बैंकले पोखरा, विराटनगर र वीरगञ्जस्थित आफ्नै कार्यालय भवनबाट समेत बैंकिङ सेवा सुरू गरिसकेको छ।
अत्याधुनिक प्रविधिमैत्री बैंकिङमार्फत आम ग्राहकहरूसमक्ष उच्चस्तरिय सेवा प्रदान गर्ने उद्देश्य प्राप्तिमा नवनिर्मित भवनले सहजता प्रदान गर्ने बैंकले विश्वास लिएको छ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले देशभर १९३ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), २१५ एटिएम ११८ शाखारहित बैंकिङ सेवा र एक हजार ८०० भन्दा बढी पिओएस मेसिनमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।