नेरुडे लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता सम्पन्न भएको छ।
दुई लघुवित्तबीच आजदेखि लागू हुने गरी सोमबार एकआपसमा गाभिने सम्झौता भएको हो।
दुवै कम्पनीका अध्यक्षले सम्झौतापत्रमा हस्ताक्षर गरी एक आपसमा गाभ्ने–गाभिने सम्झौता भएको हो।
दुवै कम्पनीले एक आपसमा गाभ्ने गाभिने प्रक्रिया सम्पन्न नभएसम्मका लागि आधारभूत सेयरधनीहरूको सेयर कारोबार रोक्का गर्न नेप्सेलाई अनुरोध गरेका छन्।