नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलसँग नेपाल बैंकर्स संघका कार्यकारिणी समितिका पदाधिकारीहरूले अर्थ मन्त्रालयमा भेट गरी बधाई तथा शुभकामना प्रदान गरेका छन्।
सो अवसरमा संघका कार्यबाहक अध्यक्ष सुनिल के.सीले वित्तीय स्थायित्व तथा आर्थिक विकासका लागि बैंकिङ क्षेत्र पूर्ण रूपमा सहयोग र समन्वय गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे।