बैंकहरूले कर्जामा नियम विपरित प्रिमियम दर थपेर उठाएको ब्याज फिर्ता गर्न थालेका छन्। हालसम्म राष्ट्र बैंकलाई २५ वाणिज्य बैंकहरूले ग्राहकलाई चार अर्ब ६६ करोड रकम फिर्ता गर्ने प्रतिबद्धता गरेका छन्।
'कतिपयले रकम फिर्ता गर्न थालिसकेका छन्,' राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा बैंक सुपरिवेक्षण प्रमुख देवकुमार ढकालले भने,'फिर्ता गर्ने प्रतिबद्धता आएको लगभग चार अर्ब ६६ करोड रुपैयाँ हो, यसमध्ये एक डेढ अर्ब रुपैयाँ फिर्ता भइसकेको बुझेका छौं।'
बैंकहरूले ग्राहकसँग ऋण सम्झौता गर्दा नै आधार दरमा कतिसम्म प्रिमियम लिने भनेर तोकिएको हुन्छ। प्रिमियम दरमा सो ऋण कायम रहने अवधिभर परिवर्तन गर्न पाइँदैन। तर, आधार दरमा भएको परिवर्तनको आधारमा भने ऋणीले लिदै आएको कर्जामा ब्याजदर बढ्छ।
आधार दरमा समेत त्रैमासिक रूपमा हुने परिवर्तन अनुसार मात्रै ब्याजदर बढाउन पाइने व्यवस्था छ।
राष्ट्र बैंकको व्यवस्था अनुसार नयाँ कर्जाको लागि समेत बैंकहरूले एकपटक प्रकाशित गरेको प्रिमियम दर परिवर्तन गर्दा अर्धवार्षिक रूपमा मात्रै परिवर्तन गर्न पाउँछन्।
त्यस्तै, ब्याजदर प्रकाशन गर्दा कर्जा शीर्षक अनुसार आधारदरमा थप गरिने प्रिमियम दर स्पष्ट रूपमा उल्लेख गर्नुपर्छ। तर, बैंकहरूले प्रिमियम दर घटाउनु पर्ने भएमा अर्धवार्षिकभन्दा कम समयावधिमा पनि घटाउन भने सक्छन्।
कुनै व्यक्ति वा फर्मलाई प्रदान गरिने कर्जा तथा सापटीको ब्याजदर निर्धारण गर्दा आधार दरमा थप गरिने प्रिमियम दर स्पष्ट रूपमा उल्लेख गर्नु पर्नेछ।
बैंकहरूले यही नियमको विपरित रहेर लिएका प्रिमियम फिर्ता गर्न लागेका हुन्।
बैंक
|
ब्याज फिर्ता
|
सिटिजन्स बैंक
|
१२ करोड
|
कुमारी बैंक
|
२० करोड
|
सिद्धार्थ बैंक
|
३२ करोड ५० लाख
|
एभरेष्ट बैंक
|
१५ करोड ४० लाख
|
स्ट्याण्डर्ड चार्टर्ड बैंक
|
४० लाख
|
सानिमा बैंक
|
११ करोड
|
एनसीसी
|
८ करोड ५० लाख
|
बीओके
|
२६ करोड १० लाख
|
नेपाल एसबीआई
|
६ करोड
|
प्रभु बैंक
|
१५ करोड
|
मेगा बैंक
|
१० करोड ६० लाख
|
नेपाल इन्भेस्टमेन्ट
|
१३ करोड
|
हिमालयन
|
१२ करोड
|
सेञ्चुरी कमर्सियल
|
६ करोड ५० लाख
|
ग्लोबल आइएमइ
|
४५ करोड
|
एनएमबी बैंक
|
१६ करोड ३० लाख
|
प्राइम कमर्सियल
|
२६ करोड
|
सिभिल बैंक
|
११ करोड २० लाख
|
सनराइज बैंक
|
१९ करोड १०
|
एनआइसी एशिया
|
४८ करोड
|
लक्ष्मी बैंक
|
१३ करोड ३० लाख
|
नबिल बैंक
|
४७ करोड
|
नेपाल बैंक
|
१५ करोड
|
माछापुच्र्छे बैंक
|
११ करोड ७० लाख
|
राष्ट्रिय वाणिज्य बैंक
|
२४ करोड ५० लाख
|
कुल
|
४ अर्ब ६६ करोड
|