नेपाल इन्भेस्टमेण्ट र मेगा बैंक नेपाललाई मर्जरका लागि नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ।
दुबै बैंकले पुस ७ गते सम्पन्न वार्षिक साधारण सभामार्फत मर्जरको प्रस्ताव पारित गरिसकेका छन्।
इन्भेस्टमेण्ट बैंकको कुनै सेयरधनीसँग १०० कित्ता सेयर छ भने उसको सेयर संख्यामा कुनै परिवर्तन हुने छैन।
अब मेगा बैंकको १०० कित्ता सेयर हुने हरूको घटेर ९० कित्ता हुनेछ।
यसरी इन्भेस्टमेन्टको १०० कित्ता बराबर मेगाको ९० कित्ता हुने अनुपातमा मर्जर भएको हो।
मर्जरपछि नेपाल इन्भेस्टमेण्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार हुनेछ।
कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति पाएपछि दुबै कम्पनीले एकीकृत कारोबार सुरू गर्नेछन्।
हाल इन्भेस्टमेन्ट बैंकको चुक्ता पुँजी १९ अर्ब ३ करोड र मेगा बैंकको १६ अर्ब ७६ करोड रूपैयाँ छ।
मर्जर पछि बन्ने बैंकको चुक्तापुँजी ३५ अर्ब रुपैयाँको हाराहारीमा पुग्नेछ।