सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बाराही हाइड्रोपावरको आइपिओ सूचीकृत भएको छ।
कम्पनीले पहिलो कारोबारको लागि न्यूनतम ६४ रुपैयाँ ९७ पैसादेखि अधिकतम १९४ रुपैयाँ ९१ पैसाको मूल्य रेञ्ज पाएको छ।
नेप्सेले कम्पनीहरूलाई पहिलो कारोबारको लागि उनीहरूको नेटवर्थको तीन गुणासम्म मुल्य रेञ्ज दिने गर्छ।
कम्पनीको कारोबारको लागि संकेत 'बिएचपिएल' रहेको छ।
सोही संकेतमा सूचीकरण भएको उक्त सेयर मंगलबारदेखि कारोबारमा आउनेछ।
कम्पनीको २५ लाख कित्ता सेयर नेप्सेमा आज (सोमबार) सूचीकृत भएको हो।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूमा वितरण गरेको १ लाख ४६ हजार कित्ता, सर्वसाधारण सेयरधनीहरूमा वितरण गरिएको ५ लाख ५४ हजार कित्ता र कम्पनीका संस्थापकहरूले लगानी गरेको १८ लाख कित्ता समेत गरी उक्त संख्यामा सेयर सूचीकृत गरेको हो।
कम्पनीले सूचीकरण पश्चात दिनुपर्ने आरटिएस सेवा मुक्तिनाथ क्यापिटल नक्साल, काठमाडौंबाट हुने समेत जनाएको छ।