प्रुडेन्सियल इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले ६.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३४२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल बीमा प्राधिकरणको स्वीकृति पछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउँनेछन्।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १८ करोड ६१ लख ४४ हजार ८१९ रुपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो।
कम्पनीले गत वर्ष भने ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।