सेन्चुरी बैंकलाई प्राप्ति गर्न प्रभु बैंकलाई नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ।
दुबै बैंकले पुस १४ गते सम्पन्न वार्षिक साधारण सभामार्फत प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरिसकेका छन्।
प्रभु बैंकले सेन्चुरी बैंकलाई १:१ को सेयर स्वाप रेसियोमा प्राप्ति गर्न लागेकाे हाे।
यसर्थ सेञ्चरी बैंकको १०० कित्ता सेयर हुने सेयरधनीहरूले प्रभु बैंकमा पनि १०० कित्ता नै सेयर हुनेछ।
प्रभु बैंकको १०० कित्ता बराबर सेञ्चुरी बैंकको १०० कित्ता नै हुने अनुपातमा मर्जर भएको हो।
प्राप्तिपछि प्रभु बैंकको नाममा एकीकृत कारोबार हुनेछ।
कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति पाएपछि दुबै कम्पनीले एकीकृत कारोबार सुरू गर्नेछन्।
हाल प्रभु बैंकको चुक्ता पुँजी १३ अर्ब ५३ करोड र सेञ्चरी बैंकको १० अर्ब रूपैयाँ छ।
मर्जरपछि बन्ने बैंकको चुक्तापुँजी २३ अर्ब रुपैयाँको हाराहारीमा पुग्नेछ।