निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूले पाउँनेछन्।
हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब १९ करोड ५० लाख २५ हजार रुपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको छ।
गत वर्ष भने कम्पनीले २९.५ प्रतिशत बोनस सेयर र १.५५ नगद गरी कुल ३१.०५ प्रतिशत लााभांश वितरण गरेको थियो।
गत वर्षको तुलनामा कम्पनीले लाभांश दर घटाएको छ।