एलोइ प्रा.लि र एनएमबी बैंक लिमिटेडबीच डिजिटल फाइनान्सिङको लागि रणनीतिक साझेदारी भएको छ।
नेपालमा विद्युतीय सवारी क्षेत्रमा काम गरिरहेका उद्यमीहरूलाई 'एलोइ डिजिटल लोन ट्र्याकिङ सिस्टम' मार्फत फाइनान्स सेवा पुर्याउने सम्बन्धमा मंगलबार दुई कम्पनीबीच सम्झौता भएको हो।
सम्झौता पत्रमा एनएमबी बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुनिल केसी र एलोइको तर्फबाट सह-सञ्चालक सोनिका मानन्धरले हस्ताक्षर गरेका हुन्। योसँगै कम्पनीहरूले भविष्यमा कृषि एवम् हरित ऊर्जामा वित्तीय लगानी गर्नेछन्।
एलोइ प्रा.लिले विगत लामो समयदेखि उद्यमीहरूलाई फाइनान्सिङमा मद्दत गरिरहेको छ। एनएमबी बैंकले भने २६ वर्षदेखि नेपालमा बैंकिङ क्षेत्रको विभिन्न क्षेत्रमा सक्रिय रूपमा काम गर्दै आइरहेको छ।