नेपाल लाइफ इन्स्योरेन्सले शनिबार काठमाडौंको आर्मी अफिर्सर क्लबमा आयोजना गरेको एक दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।
अन्तर्राष्ट्रिय प्रशिक्षकद्वारा प्रशिक्षण दिइएको यस कार्यक्रममा देशभरबाट ८०० जनाभन्दा अभिकर्ता तथा एजेन्सी म्यानेजरहरूको सहभागिता रहेको कमपनीले बताएको छ।
कार्यक्रमको शुभारम्भ पानसमा दिप प्रज्वलन गर्दै कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कयालले गरेका हुन्।
उक्त कार्यक्रममा विशेष कारणबस देश बाहिर रहेका कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले भर्चुअली उपस्थित भई अभिकर्ताहरूलाई स्वागत गर्दै उनीहरूको सिकाइमा थप टेवा पुग्ने कुरा बताए।
उक्त कार्यक्रमका सहभागीहरूलाई प्रशिक्षण दिनका लागि भारतको मुम्बइबाट जीवन बीमाका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षक तथा सफल जीवन बीमा अभिकर्ता राजेश सतोष्कार उपस्थित थिए।
कम्पनीमा दुई लाखभन्दा बढी प्रशिक्षित अभिकर्ता रहेका छन्।
कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना करिब एक सय ९७ कार्यालय सञ्जालहरूमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ।