सिटिजन्स बैंक इन्टरनेसनल र फ्लेक्स फिटनेस सेन्टरबीच सम्झौता सम्पन्न भएको छ।
सिटिजन्स बैंक र ललितपुरस्थित फ्लेक्स फिटनेस सेन्टरबीच बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो।
सो समझदारीपत्रमा हस्ताक्षरपछि बैंकका कार्डबाहकहरूले फ्लेकश फिटनेस सेन्टरका विभिन्न सेवाहरुमा २० प्रतिशतसम्मको छुट पाउनेछन्।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।
बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको बताएको छ।
डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बैंकले बताएको छ।
बैंकले देशैभरी फैलिएका आफ्ना १८१ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १३३ वटा एटिएम र ९७ वटा शाखारहित बैंकिङ इकाईहरूबाट करिब १५ लाख २१ हजार ग्राहकलाई बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ।