एनएमबी बैंकको २७औं वार्षिक साधारण सभा आज (सोमबार) सम्पन्न भएको छ।
सञ्चालक समितिका अध्यक्ष, सञ्चालक र सेयरधनीहरूको उपस्थितिमा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा साधारण सभा सम्पन्न भएको हो।
उक्त सभाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ८.२५ प्रतिशत (कर सहित) नगद लाभांश पारित गरेको छ।
बैंकको सञ्चालक समितिका अध्यक्ष पवन कुमार गोल्याणको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको हो।
बैंकले हाल देशभरी २०१ शखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।