डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८/७९ को वितरण योग्य मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ।
कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ११.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूले पाउनेछन्।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ३८ करोड ७४ लाख ९८ हजार ३३२ रुपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो ।
गत वर्ष भने कम्पनीले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश नै दिएको थियो।
कम्पनीले यस वर्ष नगद लाभांशमा जोड दिएको छ।