कुमारी बैंकले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा बागमती जिल्लास्थित जनबाहल, भेडासिंह शाखा सोमबारबाट सञ्चालनमा ल्याएको छ।
उक्त समारोहको उद्घाटन काठमाडौं महानगरपालिका वडा नं. २५ का अध्यक्ष राजेश डंगोलले गरेका हुन्।
बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रूपमा बैंकिङ सेवा पुर्याउने उद्देश्यले शाखा विस्तार गरेको हो।
बैंकले आगामी दिनहरूमा थप शाखाहरू विस्तार गरेर आधुनिक बैंकिङ सेवा पुर्याउने योजना बनाएको बताएको छ।
विगत २१ वर्षदेखि बैंकिङ सेवा दिदै आएको बैंकले देशभर रहेका २९९ शाखा सञ्जाल, ३४५ एटिएम, ४७ एक्सटेन्सन काउन्टर तथा ६२ शाखारहित बैंकिङ इकाईहरूमार्फत ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।