हिमालयन बैंकले विभिन्न शाखाहरूमा क्यास रिसाइकलर मेसिन (सिआरएम) सञ्चालनमा ल्याएको छ।
बैंकले ग्राहकहरूको सहजता र सुविधालाई मध्य नजर गर्दै सात वटा शाखामा उक्त मेसिन सञ्चालनमा ल्याएको बताएको छ।
हाल बैंकले केन्द्रीय कार्यालय कमलादी, ठमेल शाखा, महाराजगञ्ज शाखा, न्युरोड शाखा, पाटन शाखा, भरतपुर शाखा र भैरहवा शाखामा स्थानान्तरण गरी सेवा प्रदान गर्दैछ भने यसको संख्या बढ्ने क्रम जारी रहेको बैंकको भनाइ छ।
यस मेसिनबाट सेवाग्राहीहरूले कुनै पनि समयमा कुनै झंझट बिना नै खातामा रकम जम्मा तथा झिक्न सकिने बैंकले बताएको छ।
सो मेसिनबाट रकम जम्मा गर्दा बिना एटिएम कार्ड नै सिधा खाता नम्बर प्रविष्ट गरी जम्मा गर्न सकिन्छ।
मेसिनबाट जम्मा गरिएको सो रकम तत्कालै खातामा जम्मा हुनेछ जसले गर्दा खातावालाले तुरुन्तै कारोबार गर्न सक्नेछन्।
बैंकको यस सुविधाले बैंकका ग्राहकहरूलाई बैंकिङ कारोबारको समय अघि–पछि पनि थप सुविधा मिल्ने बैंकको विश्वास छ।
हाल बैंकले नेपाल भरी फैलिएको कुल ७४ शाखा, ६ विस्तारित काउन्टर, १६० एटिएम र ६ हजारभन्दा बढी पिओएस टर्मिनलबाट सेवा प्रदान गर्दै आएको छ।