हिमालयन एभरेष्ट इन्स्योरेन्सले सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ।
कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले साविक हिमालयन जनरल इन्स्योरेन्सको आर्थिक वर्ष २०७८/७९ को नाफाबाट २.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.१४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांश बीमा प्राधिकरणको स्वीकृतिपछि कम्पनीको आगामी २९औं साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूले पाउनेछन्।
मर्जरपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब २३ करोड ९९ लाख ३६ हजार रुपैयाँ पुगेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो।