तारागाउँ रिजेन्सी होटल्सले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने भएको छ।
कम्पनीकाे मंगलबार बसेको सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई कर सहित ८.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण सेयरधनीहरूले पाउँनेछन्।
गत वर्ष भने कम्पनीले कुनै पनि लाभांश वितरण गरेको थिएन।