चार महिनापछि वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाउने भएका छन्।
नेपाल बैंकर्स एसोसिएसनले माघमा निक्षेपको ब्याजदर १० प्रतिशत बिन्दुले घटाउने भएका हुन्।
असोजदेखि व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम १२.१३३ प्रतिशत र बचतमा कम्तीमा पनि ७.१३३ प्रतिशत ब्याज तोकेका छन्।
रेमिटेन्स खातामा दिने ब्याजदर भने अधिकतम १५.१३ प्रतिशतसम्म पुगेको थियो।
असोजपछि एकैपटक माघमा गएर बैंकहरूले ब्याजदर परिवर्तन गर्न लागेका हुन्। अब मुद्दतीमा अधिकतम ११ प्रतिशत र संस्थागत निक्षेपमा भने ९ प्रतिशत ब्याजदर कायम गर्ने सहमति भएको हो।
राष्ट्र बैंकको निर्देशन अनुसार निक्षेपको ब्याजदर मासिक रुपमा बढाउँदा १० प्रतिशत विन्दुले मात्रै बढाउन पाइन्छ।
ब्याजदर घटाउन भने यस्तो कुनै नियम नभएपनि बैंकहरूले यसैको आधारमा १० प्रतिशत बिन्दुले घटाउन लागेको देखिन्छ।
बैंकहरूले कर्जाको ब्याजदर भने वैशाखदेखि मात्रै घटाउने सोच बनाएका छन्।