लक्ष्मी बैंकको २२औं वार्षिक साधारण सभा आज (बिहीबार) सम्पन्न भएको छ।
उक्त सभाले आर्थिक वर्ष २०७८/७९ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ।
साथै आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षकको नियुक्ति समेत गरेको बैंकले बताएको छ।
आर्थिक २०७८/७९ मा १ खर्ब ३९ अर्ब रुपैयाँ निक्षेप र १ खर्ब ३२ अर्ब रुपैयाँ कर्जा पुर्याएको यस बैंकको वासलातको आकार १ खर्ब ७३ अर्ब रुपैयाँ रहेको छ।
सो समयमा बैंकले १ अर्ब ५१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ।