सिद्धार्थ बैंक लिमिटेडको एक्काइसौं वार्षिक साधारण सभा बिहीबार काठमाडौं, भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ।
बैंक सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो।
साधारण सभाले बैंकको चुक्ता पुँजी बाह्र अर्ब ५२ करोड ४४ लाख २६ हजार ८ सय ३१ रूपैयाँको १२.५० प्रतिशत बराबर हुने एक अर्ब ५६ करोड ५५ लाख ५३ हजार ३ सय ५४ रूपैयाँ बोनस सेयर तथा ०.६६ प्रतिशत बराबर हुने ८ करोड २३ लाख ९७ हजार ५ सय ४५ रूपैयाँको नगद लाभांश (बोनस सेयर कर प्रयोजनका लागि मात्र) प्रदान गर्ने लगायतका प्रस्तावहरू पारित गरेको छ ।