पोखरामा भएको विमान दुर्घटनाको क्रममा सरकारले सोमबार सार्वजनिक बिदा दिएपनि बैंकिङ काउन्टर केही समय खुल्ने भएको छ।
सरकारले अत्यावश्यक सेवा बाहेक देशभर शोक बिदा दिने तथा झण्डा आधा झुकाउने निर्णय गरेको थियो।
यही निर्णय अनुसार बिहान १० बजेदेखि १:३० सम्म बैंकिङ काउन्टर खोल्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।
यो समय नगद कारोबार, चेक क्लियरिङ, आरटिजिएस जस्ता अत्यावश्यक सेवा खुला हुने भएको हो।