मंगलबार अमेरिकी डलरसँगै युरोपियन युरो र पाउण्ड स्टर्लिङको भाउ बढेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३० रुपैयाँ २९ पैसा र बिक्रीदर १३० रुपैयाँ ८९ पैसा कायम गरिएको छ।
सोमबार अमेरिकी डलर एकको खरिददर १२९ रुपैयाँ ८३ पैसा र बिक्रीदर १३० रुपैयाँ ४३ पैसाथियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ४६ पैसा बढेको हो।
त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४१ रुपैयाँ ३ पैसा र बिक्रीमा १४१ रुपैयाँ ६८ पैसा पाइन्छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ४२ पैसा बढेको हो।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५९ रुपैयाँ १२ पैसा र बिक्रीदर १५९ रुपैयाँ ८६ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९० रुपैयाँ ७३ पैसा र बिक्रीमा ९१ रुपैयाँ १५ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ २८ पैसा र बिक्रीमा ९७ रुपैयाँ ७३ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ६६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८२ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३४ रुपैयाँ ८५ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ४७ पैसा र बिक्रीमा ३५ रुपैयाँ ६४ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार ३० रुपैयाँ १९ पैसा र बिक्रीमा ३० रुपैयाँ ३३ पैसा पाइन्छ।
मंगलबार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ ६९ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ६६ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४५ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३४७ रुपैयाँ २३ पैसा तोकिएको छ।