साताको पहिलो कारोबार दिन अर्थात् मंगलबार नेप्से परिसूचक ३२.७२ अंकले बढेको छ।
आज नेप्से परिसूचक १.५२ प्रतिशतले बढेर २१८२.११ बिन्दुमा पुगेर बन्द भएको छ।
नेप्से परिसूचक बढेसँगै आज कारोबार रकम भने घटेको छ।
गत कारोबार दिन अर्थात् बिहीबार ५ अर्ब ४७ करोड ७६ लाख २४ हजार ७२४ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा त्यो रकम घटेर आज ३ अर्ब ७२ करोड ४७ लाख ९४ हजार ५८७ रुपैयाँ पुगेको छ।
यस दिन २५० वटा धितोपत्रको १ करोड १८ लाख ८३ हजार २८७ कित्ता सेयर किनबेच भएको छ।
मंगलबार ग्रीन भेन्चर्स, आदर्श लघुवित्त र पिपुल्स हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतका दरले बढेर प्रतिकित्ता मूल्य क्रमशः ४१५ रुपैयाँ ८० पैसा, ७७१ रुपैयाँ १० पैसा र २९७ रुपैयाँ कायम भएको छ।
यस्तै, बाराही हाइड्रोपावर, घलेम्दी हाइड्रो, हिमालयन हाइड्रोपावर, बलेफी हाइड्रोपावरको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ।
यस दिन सर्वाधिक मूल्य घट्नेमा प्रभु सेलेक्ट फण्ड रहेको छ।
उक्त योजनाको इकाइ मूल्य ८.४५ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ८ रुपैयाँ ९९ पैसामा झरेको छ।
मंगलबार सर्वाधिक सेयर खरिद–बिक्री अपि पावको भएको छ।
यस दिन उक्त कम्पनीको २९७ रुपैयाँ ५० पैसामा २३ करोड २६ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ८.९७ प्रतिशतले बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा अपर तामाकोशी हाइड्रोपावर रहेकोे छ। उक्त कम्पनीको ५६८ रुपैयाँमा ११ करोड ३८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये बैंकिङ समूहको परिसूचक ०.३२ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।
यस दिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ५.१२ प्रतिशतले बढेको छ।
यस्तै, दोस्रोमा हाइड्रोपावर समूहको परिसूचक ५.०४ प्रतिशतले बढेको हो।