बुधबार नेप्सेमा सामान्य करेक्सन आएको छ।
आज नेप्से परिसूचक ९.०१ अंक अर्थात् ०.४१ प्रतिशतले घटेर २१७३.१० बिन्दुमा पुगेर बन्द भएको छ।
नेप्से परिसूचक घटेपनि आज कारोबार रकममा भने वृद्धि भएको छ।
गत कारोबार दिन अर्थात् मंगलबार ३ अर्ब ७२ करोड ४७ लाख ९४ हजार ५८७ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा त्यो रकम बढेर आज ४ अर्ब ९२ करोड ८७ लाख १४ हजार ६०२ रुपैयाँ पुगेको छ।
यस दिन २४८ वटा धितोपत्रको १ करोड ३३ लाख ४ हजार १४० कित्ता सेयर किनबेच भएको छ।
बुधबार पिपुल्स हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ। यस दिन उक्त कम्पनीको प्रतिकित्ता मूल्य ३२६ रुपैयाँ ७० पैसा पुगेको छ।
यस्तै, बाराही हाइड्रोपावर, हिमालय ऊर्जा विकास कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ४१६ रुपैयाँ र ४०६ रुपैयाँ ४० पैसा कायम भएको छ।
यसैगरी, ग्रीन भेन्चर्सको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ४५७ रुपैयाँ ३० पैसा कायम भएको छ।
यस दिन सर्वाधिक मूल्य घट्नेमा साल्ट ट्रेडिङ कर्पोरेशन रहेको छ।
उक्त कम्पनीको सेयर मूल्य ७.८९ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ४ हजार ४९५ रुपैयाँमा झरेको छ।
सर्वाधिक मूल्य घट्ने दोस्रो कम्पनीमा सिंगटी हाइड्रो रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ६.९२ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ३७१ रुपैयाँ २० पैसा कायम भएको छ।
बुधबार सर्वाधिक सेयर खरिद–बिक्री रिडी पावरको भएको छ।
यस दिन उक्त कम्पनीको ५९४ रुपैयाँमा ३५ करोड ७८ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ३.४८ प्रतिशतले बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा अपि पावर रहेकोे छ। उक्त कम्पनीको ५६८ रुपैयाँमा १९ करोड ७६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये विकास बैंक समूहको परिसूचक ०.४६ प्रतिशत, हाइड्रोपावर समूहको परिसूचक ०.८४ प्रतिशत र म्युचुअल फण्ड समूहको परिसूचक ०.२१ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ।
यस दिन व्यापार समूहको परिसूचक सर्वाधिक ७.०९ प्रतिशतले घटेको छ।
यस्तै, जीवन बीमा र निर्जीवन बीमा समूहको परिसूचक १.०६ र १.०५ प्रतिशतले घटेको हो।