सेना तथा सरकारी तलब खाने निजामती कर्मचारी जनशक्ति कटाउनु पर्ने अर्थविद् स्वर्णिम वाग्लेले बताएका छन्।
वाग्लेले सरकारको चालू खर्च धेरै बढेको र राजस्व तथा खर्चको असन्तुलन बढेकोमा चिन्ता जनाए।
उनले श्रीलंकाले सेनाको कटौती गरेको उदाहरण दिँदै नेपालमा ४ लाख ८० हजार तलब खाने कर्मचारी पाल्न नै गाह्रो भएकाले यो संख्या घटाउनु पर्ने बताए।
उनले सार्वजनिक संस्थानहरूको प्रभावकरी व्यवस्थापन गर्नुपर्ने समेत बताए।
अर्थमन्त्रीले टास्क फोर्स बनाएरै सार्वजनिक वित्त सन्तुलनको लागि खर्च घटाउने र राजस्व बढाउन काम गर्नु पर्ने बताए।
नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको अर्थतन्त्र अबको बाटो विषयक कार्यक्रममा अर्थविद् स्वर्णिम वाग्लेले यस्तो बताए।
२०२३ मा सरकारहरूले नीतिगत समायोजन गर्न नसक्ने हो भने विश्वभर मन्दी हुने अनुमान गरिएको उनले बताए।
विश्व बैंक लगायतले २०२३ म विश्व अर्थतन्त्र ६ प्रतिशतको वृद्धिको प्रक्षेपण गरेकोमा अब १.७ को वृद्धिमा सीमित हुने अनुमान गरेको छ।
अहिले विश्वभर मूल्यवृद्धि नै सबैभन्दा चुनौती रहेको वाग्लेले बताए।
तर, नेपालमा रेमिटेन्समा अलि प्रभाव पर्ने देखिन्छ, तर त्यसमा पनि छिटो प्रभाव नपर्ने भएकोले त्यसको व्यवस्थापन गर्न सकिने वाग्लेले बताए।