नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ।
शुक्रबार अमेरिकी डलर एकको खरिददर १२९ रूपैयाँ ८८ पैसा र बिक्रीदर १३० रूपैयाँ ४८ पैसा कायम गरिएको छ।
बिहीबार अमेरिकी डलर एकको खरिददर खरिददर १२९ रुपैयाँ ६९ पैसा र बिक्रीदर १३० रुपैयाँ २९ पैसा कायम गरिएको थियो। डलरको मूल्य अघिल्लो दिनको तुलनामा ४१९ पैसा बढेको हो।
युरोपियन युरो एकको खरिदमा भने १४० रूपैयाँ ५९ पैसा र बिक्रीमा १४१ रूपैयाँ २४ पैसा पाइन्छ।
बिहीबार युरो एकको खरिददर १४० रुपैयाँ ८८ पैसा र बिक्रीमा १४१ रुपैयाँ ५३ पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा २९ पैसा घटेको हो।
यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६० रूपैयाँ १७ पैसा र बिक्रीदर १६० रूपैयाँ ९१ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८९ रूपैयाँ ४० पैसा र बिक्रीमा ८९ रूपैयाँ ८१ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रूपैयाँ १३ पैसा र बिक्रीमा ९६ रूपैयाँ ५७ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रूपैयाँ ६३ पैसा र बिक्रीमा ३५ रूपैयाँ ७९ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रूपैयाँ ५७ पैसा र बिक्रीदर ३४ रूपैयाँ ७३ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ३६ पैसा र बिक्रीमा ३५ रूपैयाँ ५२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार ३० रूपैयाँ १५ पैसा र बिक्रीमा ३० रूपैयाँ २९ पैसा पाइन्छ।
शुक्रबार कुवेती दिनार एकको खरिदमा ४२५ रूपैयाँ ३८ पैसा र बिक्रीमा ४२७ रूपैयाँ ३४ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४४ रूपैयाँ ५३ पैसा र बिक्रीदर ३४६ रूपैयाँ १२ पैसा तोकिएको छ।