हाल देशमा बढिरहेको जाडोलाई मध्यनजर गर्दै सूर्यज्योति लाइफ इन्स्योरेन्सले देशका विभिन्न स्थानहरूमा सूर्यज्योतिको न्यानोपन अभियान सञ्चालन गरी कम्बल तथा न्याने कपडा वितरण गरेको छ।
कम्पनीले देशैभर बढिरहेको चिसोको कहरबाट बच्न केही राहत होस् भनी असहाय बालबालिका, बृद्धबृद्धा तथा विपन्न वर्गलाई ध्यानमा राखी सहयोगको सुरूवात गरेको हो।
उक्त कार्यक्रममा सूर्यज्योतिले जाडोबाट बच्नको लागि विभिन्न सावधानीका उपायहरू अपनाउन अनुरोध गर्दै कम्बल तथा न्यानो कपडा वितरण गरेको छ।
सूर्यज्योतिको उक्त कार्यक्रम ललितपुर क्षेत्रका क्षेत्रीय प्रबन्धक लक्ष्मी शाक्य तथा सातदोबाटो शाखाका शाखा प्रमुख लोइस थापाद्वारा नेपाल स्नेही काख र सत्प्रयास नामक संस्थामा सञ्चालन गरिएको हो।
साथै, गुल्मीमा, बौद्धिक/बहिरा–अपांगता भएका विधार्थीलाई न्यानो कपडा वितरण र माझिगाँउ बलिथुमका विपन्न परिवारहरूलाई न्यानो कपडा वितरण गरी सम्पन्न गरिएको थियो।
उक्त अभियान अन्तर्गत लक्ष्मीनिया गाउँपालिकामा गरिब तथा विपन्नहरूलाई कम्बल वितरण गरेको हो।
लक्ष्मीनिया गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्रको प्रमुख आतिथ्य र सूर्य ज्योती लाइफ इन्सोरेन्सका मधेश प्रदेशका प्रमुख दिपेन्द्र यादवको उपस्थितिमा १ सयभन्दा बढी विपन्न परिवारलाई कम्बल वितरण गरिएको थियो।
साथै जलेश्वर, लाहान र वीरगञ्जमा पनि कम्बल वितरण कार्यक्रम गरिएको हो।
केही हप्तादेखि चिसो क्रमिक रुपमा बढ्दै गएकोले यसबाट जोगिन न्यानोको लागि कम्बल तथा कपडा वितरण अभियान चलाइएको र यस किसिमका अभियान देशको अन्य विभिन्न स्थानमा पनि गर्दै जाने प्रतिबद्धता जनाउँदै आफ्ना बिमितहरुले पाउने सेवा सुविधलाई अझ सुदिृढ गर्दै लैजाने प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले बताए।
हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ५४ करोड रुपैयाँ रहको छ भने कम्पनीले देशभर १८१ शाखा कार्यालयहरूबाट सेवा प्रदान गर्दै आएको छ।