प्राइम कमर्सियल बैंकका सञ्चालक समितिका अध्यक्ष चयन भएका राजेन्द्रदास श्रेष्ठले शुक्रबार शपथ ग्रहण गरेका छन्। गत पुस २९ गते बसेको बैंकको सञ्चालक समितिको ४५९ औं बैठकबाट उनी सर्वसम्मतिले सञ्चालक समितिको अध्यक्षमा चयन भएका थिए।
अध्यक्ष श्रेष्ठले बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐन, २०७३ को दफा १२७ (२) बमोजिम माघ ५ गते, बिहीबार एक समारोहका बीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन्।
नेपाल राष्ट्र बैंकमा आयोजित उक्त समारोहमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिना, डेपुटी गभर्नर बमबहादुर मिश्र, कार्यकारी निर्देशक देवकुमार ढकाल, कार्यकारी निर्देशक डा. गुणाकर भट्ट र प्राइम कमर्सियल बैंकका सञ्चालहरू र प्रमुख कार्यकारी अधिकृतको उपस्थिति थियो।