आइएमई लाइफ इन्स्योरेन्सका बीमा अभिकर्ताहरूमध्ये सन् २०२३ का लागि एक सिओटीसहित ३४ जना एमडिआरटी सम्मानित भएका छन्।
कम्पनिले गत माघ ४ गते एक समारोहबीच उनीहरूलाई सम्मान गरेको हो।
उक्त अवसरमा यसपालि एमडिआरटीका रूपमा सम्मानित हुनेमा शारीरिक रूपमा विशेष रूपले सक्षम डडेलधुरा शाखाका नरेन्द्रसिंह भाटसमेत हुनुले काम गर्न दृढ संकल्प भए जे पनि गर्न सकिने उदाहरण समेत स्थापित भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयालले बताए।
त्यस्तै कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्यले कम्पनीको बजार नीतिका कारण सबै अभिकर्ताहरू उत्प्रेरित भएर आर्थिक रूपले विषम परिस्थितिमा समेत उल्लेख्य संख्यामा बीमा अभिकर्ताहरूले एमडिआरटी उपलब्धि हासिल गरेको बताए।
आइएमईद्वारा जारी विज्ञप्तिअनुसार एमडिआरटी अर्थात मिलियन डलर राउन्ड टेबल सन् १९२७ मा दर्ता भएको एक विदेशी संस्था हो। यसमा ७२ देशका ५०० कम्पनी सामेल छन्। यसको प्रधान कार्यालय अमेरिकामा छ। यो संस्थामा बीमा क्षेत्र र वित्तीय क्षेत्रका मानिसहरू सहभागी हुन पाउँछन्। संस्थामा सदस्यता लिएको इन्स्योरेन्स कम्पनी र वित्तीय संस्थामार्फत तोकेको समयमा लक्ष्यट पूरा गरेका अभिकर्ताहरूले सहभागी हुन पाउँछन्।