साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक १३.७१ अंकले घटेको छ।
आज नेप्से ०.६३ प्रतिशतले घटेर २१६५.१० बिन्दुमा पुगेर बन्द भएको छ।
सोमबार नेप्से परिसूचक घटेपनि कारोबार रकम भने केही बढेको छ।
गत कारोबार दिन अर्थात् बिहीबार ३ अर्ब ४ करोड ४५ लाख २९ हजार ३२९ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा त्यो रकम बढेर आज ३ अर्ब ८६ करोड ४० लाख ८ हजार ९७३ रुपैयाँ पुगेको छ।
यस दिन २५७ वटा धितोपत्रको १ करोड ७ लाख ५९ हजार ५७९ कित्ता सेयर किनबेच भएको हो।
सोमबार आदर्श लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ। यस दिन उक्त कम्पनीको प्रतिकित्ता मूल्य ९३३ रुपैयाँ पुगेको छ।
यस्तै, सानिमा जिआइसी इन्स्योरेन्स र कुमारी बैंकको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ४०४ रुपैयाँ २० पैसा र २०८ रुपैयाँ ५० पैसा कायम भएको छ।
यस्तै, स्ट्याण्डर्ड चाटर्ड बैंकको सेयर मूल्य ९.९८ प्रतिशत र समृद्धि फाइनान्सको सेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ।
यस दिन सर्वाधिक मूल्य घट्नेमा हिमालयन हाइड्रोपावर रहेको छ।
उक्त कम्पनीको सेयर मूल्य ७.७९ प्रतिशतले घटेर प्रति कित्ता मूल्य २९२ रुपैयाँ ५० पैसामा झरेको छ।
सर्वाधिक मूल्य घट्ने दोस्रो कम्पनीमा लिवर्टी इनर्जी रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ७.१९ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य २८४ रुपैयाँ कायम भएको छ।
सोमबार सर्वाधिक सेयर खरिद–बिक्री कुमारी बैंकको भएको छ।
यस दिन उक्त कम्पनीको २०८ रुपैयाँ ५० पैसामा २७ करोड ४८ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा एनआइसी एशिया बैंक रहेकोे छ। उक्त कम्पनीको ८३५ रुपैयाँमा १२ करोड ७५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये बैंकिङ समूहको परिसूचक १.०८ प्रतिशत र म्युचुअल फण्ड समूहको परिसूचक ०.६६ प्रतिशतले बढेको छ भने बाँकी समूहको परिसूचक घटेको छ।
यस दिन जलविद्युत समूहको परिसूचक सर्वाधिक २.४२ प्रतिशतले घटेको छ।
यस्तै, होटल्स तथा पर्यटन समूहको परिसूचक २.४१ प्रतिशत र विकास बैंक समूहको परिसूचक २.३३ प्रतिशतले घटेको हो।