हिमालयन बैंकले महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा बुधबारदेखि थप दुई विल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको छ।
बैंकले कान्ति बाल अस्पतालको आकस्मिक वार्ड र बाल मनोरोग वार्डमा आउने बिरामीहरू र बिरामीहरूका परिवारलाई लक्षित गरी सो काउन्टरहरू स्थापना गरेको बताएको छ।
उक्त भुक्तानी काउन्टरहरूले सार्वजनिक बिदा बाहेक अन्य दिनहरूमा बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म ग्राहकलाई सेवा प्रदान गर्नेछन्।
बैंकले हाल देशभरी रहेका ७४ शाखा, ६ विस्तारित काउन्टर १६० एटिएम र ६ हजारभन्दा बढी पिओएस टर्मिनलबाट सेवा प्रदान गर्दै आइरहेको छ।