बिहीबार अमेरिकी डलरको भाउ घटेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३० रुपैयाँ २५ पैसा र बिक्रीदर १३० रुपैयाँ ८५ पैसा कायम गरिएको छ।
बुधबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ४६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६ पैसा थियो। यो मूल्य अघिल्लो दिनको २१ पैसा घटेको हो।
युरोपियन युरो एकको खरिदमा भने १४१ रुपैयाँ ७० पैसा र बिक्रीमा १४२ रुपैयाँ ३५ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९२ रुपैयाँ ३५ पैसा र बिक्रीमा ९२ रुपैयाँ ७७ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ३८ पैसा र बिक्रीमा ९७ रुपैयाँ ८३ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६० रुपैयाँ ३२ पैसा र बिक्रीदर १६१ रुपैयाँ ६ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ६५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८१ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३४ रुपैयाँ ८५ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ४६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ६२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार ३० रुपैयाँ ५६ पैसा र बिक्रीमा ३० रुपैयाँ ७१ पैसा पाइन्छ।
बिहीबार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ ६३ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ५९ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३४७ रुपैयाँ ८ पैसा तोकिएको छ।