हिमालयन बैंकले ३०औं वार्षिकोत्सवको अवसरमा निःशुल्क आँखा परीक्षण शिविर र रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पूरा गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरेको हो।
बैंकले नेत्रधाम फाउण्डसनको सहकार्यमा माछापुच्छ्रे गाउँपालिका–१ स्थित माछापुच्छ्रे स्वास्थ्य चौकी, टुसे कास्कीमा निःशुल्क आँखा परीक्षण शिविर र बैंकको कर्मचारी संगठनको समन्वयमा केन्द्रीय कार्यालय कमलादीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो।
डा. सन्यम बजिमय र उनको टोलीको नेतृत्व, नेत्रधाम फाउण्डेसनको सहकार्य तथा बैंकको आर्थिक सहयोगमा गत माघ ४ गतेदेखि माघ ६ गते निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न गरेको हो।
उक्त तीन दिने शिविरमा माछापुच्छ्रे गाउँपालिकाका ३९० जनाले निःशुल्क आँखा परीक्षण गराएका छन् भने २६ जनाले निःशुल्क मोतीबिन्दु र जलबिन्दुको शल्यक्रिया गराइ लाभ लिएका बैंकको भनाइ छ।
यसैगरी बैंकले कर्मचारी संगठनको समन्वयमा गत माघ ७ गते कमलादीस्थित केन्द्रीय कार्यालयमा सम्पन्न गरेको रक्तदान कार्यक्रममा उपत्यकाभित्र र बाहिर गरी २०० जनाभन्दा बढी कर्मचारीहरूको उपस्थिति थियो भने करिब १०० जनाले रक्तदान गरी सहभागिता जनाएका बैंकले बताएको छ।