नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ।
शुक्रबार अमेरिकी डलर स्थिर रहेको छ। बिहीबार एकको खरिददर १३० रूपैयाँ २५ पैसा र बिक्रीदर १३० रूपैयाँ ८५ पैसा रहेको डलर आजपनि सोही मूल्यमा किनबेच भइरहेको छ।
युरोपियन युरो एकको खरिदमा भने १४१ रूपैयाँ ९५ पैसा र बिक्रीमा १४२ रूपैयाँ ६१ पैसा पाइन्छ।
बिहीबार युरो एकको खरिदमा भने १४१ रुपैयाँ ७० पैसा र बिक्रीमा १४२ रुपैयाँ ३५ पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा २६ पैसा बढेको हो।
यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६१ रूपैयाँ ३७ पैसा र बिक्रीदर १६२ रूपैयाँ ११ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९२ रूपैयाँ ५९ पैसा र बिक्रीमा ९३ रूपैयाँ २ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ २६ पैसा र बिक्रीमा ९७ रूपैयाँ ७१ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रूपैयाँ ७४ पैसा र बिक्रीमा ३५ रूपैयाँ ९१ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रूपैयाँ ७० पैसा र बिक्रीदर ३४ रूपैयाँ ८६ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ४६ पैसा र बिक्रीमा ३५ रूपैयाँ ६३ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार ३० रूपैयाँ ६८ पैसा र बिक्रीमा ३० रूपैयाँ ८२ पैसा पाइन्छ।
शुक्रबार कुवेती दिनार एकको खरिदमा ४२६ रूपैयाँ ८५ पैसा र बिक्रीमा ४२८ रूपैयाँ ८२ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४५ रूपैयाँ ४७ पैसा र बिक्रीदर ३४७ रूपैयाँ ६ पैसा तोकिएको छ।