नेपाल राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ।
आइतबार अमेरिकी डलरको भाउ घटेको छ। आज डलर एकको खरिददर १३० रूपैयाँ १४ पैसा र बिक्रीदर १३० रूपैयाँ ७४ पैसा पुगेको छ। शुक्रबार भने डलर एकको खरिददर १३० रूपैयाँ २५ पैसा र बिक्रीदर १३० रूपैयाँ ८५ पैसामा किनबेच भएको थियो।
आज युरोपियन युरो एकको खरिदमा भने १४१ रूपैयाँ ७० पैसा र बिक्रीमा १४२ रूपैयाँ ३६ पैसा पाइन्छ। शुक्रबार युरो एकको खरिदमा भने १४१ रूपैयाँ ९५ पैसा र बिक्रीमा १४२ रूपैयाँ ६१ पैसा कायम गरिएको थियो।
यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६१ रूपैयाँ १३ पैसा र बिक्रीदर १६१ रूपैयाँ ८७ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९२ रूपैयाँ ५३ पैसा र बिक्रीमा ९३ रूपैयाँ ९६ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ७२ पैसा र बिक्रीमा ९८ रूपैयाँ १८ पैसा पाइन्छ।
आइतबार कतारी रियाल एकको खरिदमा ३५ रूपैयाँ ७१ पैसा र बिक्रीमा ३५ रूपैयाँ ८८ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रूपैयाँ ६६ पैसा र बिक्रीदर ३५ रूपैयाँ ८८ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ४३ पैसा र बिक्रीमा ३५ रूपैयाँ ५९ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार ३० रूपैयाँ ६६ पैसा र बिक्रीमा ३० रूपैयाँ ८० पैसा पाइन्छ।
आज कुवेती दिनार एकको खरिदमा ४२६ रूपैयाँ ३४ पैसा र बिक्रीमा ४२८ रूपैयाँ ३० पैसा पाइन्छ। त्यसैगरी, बहराइन दिनार एकको खरिददर ३४५ रूपैयाँ १८ पैसा र बिक्रीदर ३४६ रूपैयाँ ७७ पैसा तोकिएको छ।