नेपाल राष्ट्र बैंकले मंगलबारको विनिमय दर सार्वजनिक गरेको छ।
मंगलबार अमेरिकी डलरको भाउ घटेको छ। सोमबार डलर एकको खरिददर १३० रूपैयाँ १४ पैसा र बिक्रीदर १३० रूपैयाँ ७४ पैसामा कारोबार भएकोमा आज डलर एकको खरिददर १३० रुपैयाँ १० पैसा र बिक्रीदर १३० रुपैयाँ ७० पैसामा कारोबार भइरहेको छ।
आज युरोपियन युरोको भाउ भने बढेको छ। आज युरो एकको खरिदमा १४१ रुपैयाँ ९४ पैसा र बिक्रीमा १४२ रुपैयाँ ५९ पैसा कायम गरिएको छ। अघिल्लो दिन युरो एकको खरिदमा १४१ रूपैयाँ ४५ पैसा र बिक्रीमा १४२ रूपैयाँ १० पैसा पाइन्थ्यो।
यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६१ रूपैयाँ ५१ पैसा र बिक्रीदर १६२ रूपैयाँ २५ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९२ रूपैयाँ २९ पैसा र बिक्रीमा ९२ रूपैयाँ ७२ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ६८ पैसा र बिक्रीमा ९८ रूपैयाँ १३ पैसा पाइन्छ।
मंगलबार कतारी रियाल एकको खरिदमा ३५ रूपैयाँ ५२ पैसा र बिक्रीमा ३५ रूपैयाँ ६८ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रूपैयाँ ६६ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६८ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ४२ पैसा र बिक्रीमा ३५ रूपैयाँ ५८ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार ३० रूपैयाँ ६६ पैसा र बिक्रीमा ३० रूपैयाँ ८० पैसा पाइन्छ।
आज कुवेती दिनार एकको खरिदमा ४२६ रूपैयाँ २४ पैसा र बिक्रीमा ४२८ रूपैयाँ २० पैसा पाइन्छ। त्यसैगरी, बहराइन दिनार एकको खरिददर ३४५ रूपैयाँ ८ पैसा र बिक्रीदर ३४६ रूपैयाँ ६७ पैसा तोकिएको छ।