नबिल बैंकका ग्राहकलाई साओमी ब्राण्डका सामान खरिद गर्दा ब्याज नलाग्ने भएको छ।
नबिल बैंक लिमिटेड र साओमी नेपालबीच शून्य इएमआई सम्बन्धी सम्झौता भएको हो।
सम्झौतामा नबिल बैंकका तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र साओमी नेपाल, प्रमुख अमितकुमार पन्डा, रमेश कर्पोरेशनका कार्यकारी निर्देशक सञ्जय अग्रवालले संयुक्त रूपमा हस्ताक्षर गरे।
सम्झौताअनुसार नबिल बैंक ग्राहकले साओमी ब्राण्डका मोबाइलफोन, ल्यापटप र टेलिभिजन खरिद गर्दा इएमआईमा ब्याज लाग्ने छैन। यस्तो सुविधा तीन र ६ महिनाका लागि उपलब्ध हुने नबिल बैंकले बताएको छ।
साओमी ब्राण्डको मोबाइल खरिद गर्दा शून्य, ३० अथवा ५० प्रतिशत डाउन पेमेन्ट गरी साओमी ब्रान्डको मोबाइल, टेलिभिजन अथवा ल्यापटप खरिद गर्न सक्ने छन्।
त्यस्तै मोबाइल, टेलिभिजन र ल्यापटपमा ५० प्रतिशतभन्दा कम डाउनपेमेन्ट गरेमा ब्याज नलागे पनि न्यूनतम सेवाशुल्क भने लाग्ने उल्लेख गरिएको छ। सुविधा लिन नबिल बैंक क्रेडिट कार्ड होल्डर हुनु पर्नेछ।