मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेविट कार्डवाहक ग्राहकहरूलाई थप सेवा दिन काठमाडौंको बसुन्धरामा रहेको चिरायू नेशनल अस्पताल एण्ड मेडिकल संस्थानसँग सम्झौता गरेको छ।
विभिन्न सेवाहरुमा १० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको हो।
यो सम्झौतापछि मुक्तिनाथ विकास बैंकका भिसा डेविट कार्डवाहक ग्राहकहरूले चिरायू नेशनल अस्पतालमा विभिन्न सेवाहरूमा १० प्रतिशत छुट पाउनेछन्।
बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यो बैंकको एटिएम प्रयोग गरी नेपालभर रहेका भिसा नेटवर्कमा आवद्ध अन्य बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम निकाल्न मिल्ने व्यवस्था गरेको छ।
त्यसैगरी प्रिपेड डलर कार्ड ,मोबाईल बैंकिङ, क्युआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा जस्ता सुविधा घरबाटै गर्न सकिन्छ।