एनआइसी एसिया बैंकको एनओइसी एसिया मर्चेन्ट मिट २०२३ सकिएको छ।
‘डिजिटल फष्ट बैंक’बन्ने दीर्घकालिन लक्ष्य सहित डिजिटल बैंकिङ विस्तार गरिरहेको एनआइसी एसिया बैंकले ‘सेलेब्रेटिङ डिजिटल पार्टनरसिप’ भन्ने मूल भावका मर्चेन्ट मिट २०२३’सम्पन्न गरेको हो। मर्चेन्ट मिट १३ गते सकिएको हो।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावलको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा काठमाडौं उपत्यकामा संचालन रहेका बैंकका १५० भन्दा धेरै व्यवसायिक साझेदारहरूको उत्साहजनक सहभागिता थियो।
‘डिजिटल नेपाल फ्रेमवर्क’ र विश्वबजारमा भइरहेका सूचनाप्रविधिको विकासलाई आत्मसात गर्दै ‘डिजिटल फष्ट बैंक’बन्ने लक्षमा मर्चेन्टहरूको सहभागिताले थप उत्साह मिलेको बैंकले बताएको छ।
हालसम्म यो बैंकका २१ लाख बढी मोबाइल बैंकिङ सेवाग्राही, १४ लाख बढी डेबिट तथा क्रेडिट कार्डवाहक, .दुई लाख बढी क्युआर मर्चेन्ट, चार हजार बढी पिओएस मर्चेन्ट तथा ३०० बढी इ-कमर्श मर्चेन्टहरू छन्।
यो बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०६ वटा विस्तारित काउन्टर तथा ८१ शाखारहित सञ्जाल विस्तार गरेको छ।