आदर्श लघुवित्तले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई २१.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।
कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने भएको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक स्वीकृति पछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूले पाउनेछन्।
हाल कम्पनीको चुक्ता पुँजी २ करोड ७ लाख रुपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्ने भएको छ।