नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ।
शुक्रबार अमेरिकी डलरसँगै युरोपियन युरो र पाउण्ड स्टर्लिङको भाउ पनि बढेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३१ रुपैयाँ १८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७८ पैसा कायम गरिएको छ।
बिहीबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ७८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३८ पैसा थियो। यो मूल्य अघिल्लो दिनको ४० पैसा बढेको हो।
युरोपियन युरो एकको खरिदमा भने १४४ रूपैयाँ ९ पैसा र बिक्रीमा १४४ रूपैयाँ ७५ पैसा पाइन्छ।
बिहीबार युरो एकको खरिदमा भने १४२ रुपैयाँ ४३ पैसा र बिक्रीमा १४३ रुपैयाँ ८ पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ९५ पैसा बढेको हो।
यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६१ रूपैयाँ ५७ पैसा र बिक्रीदर १६२ रूपैयाँ ३१ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९३ रूपैयाँ ३७ पैसा र बिक्रीमा ९३ रूपैयाँ ७९ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९८ रूपैयाँ ६६ पैसा र बिक्रीमा ९९ रूपैयाँ १२ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रूपैयाँ ९६ पैसा र बिक्रीमा ३६ रूपैयाँ १२ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रूपैयाँ ९६ पैसा र बिक्रीदर ३५ रूपैयाँ १२ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ७१ पैसा र बिक्रीमा ३५ रूपैयाँ ८८ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार ३० रूपैयाँ ८९ पैसा र बिक्रीमा ३१ रूपैयाँ ४ पैसा पाइन्छ।
शुक्रबार कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ १७ पैसा र बिक्रीमा ४३२ रूपैयाँ १४ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४७ रूपैयाँ ९८ पैसा र बिक्रीदर ३४९ रूपैयाँ ५७ पैसा तोकिएको छ।