समता घरेलु लघुवित्तले १८ प्रतिशत लाभांश वितरण घोषणा गरेको छ।
कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट १५ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउँनेछन्।
कम्पनीले साविकको समता र घरेलु लघुवित्त बिच मर्जर भएको दुई वर्ष नपुगेको कारण लाभांश कर प्रयोजनका लागि छुट्टै रकम भने नछुट्याएको बताएको छ। २०७८ वैशाख २ गतेपछि सेयर खरिद गरेका सेयरधनीले भने कर तिर्नुपर्ने कम्पनीले जनाएको छ।
हाल कम्पनीको चुक्ता पुँजी ३४ करोड २७ लाख ४४ हजार रुपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो।
गत वर्ष भने कम्पनीले २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गरेको थियो।
गत वर्षको तुलनामा कम्पनीले लाभांश दर घटाएको हो।