अघिल्लो वर्षको पुसको तुलनामा यस वर्षको पुसमा मूल्य वृद्धि ७.२ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यो ५.६५ प्रतिशत थियो।
यो वर्षको छ महिनाको औसत मूल्य वृद्धि भने ८.०२ प्रतिशत छ।
खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेण्ट तथा होटल उप–समूहमा मूल्य वृद्धि १५.५६ प्रतिशत, सुर्तीजन्य पदार्थको ११.८१ प्रतिशत छ।
त्यस्तै, दुग्ध पदार्थ तथा अण्डाको ९.७० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.५६ प्रतिशत र मदिराजन्य पेय पदार्थको ८.८४ प्रतिशतले मूल्य बढेको छ।
गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात उप–समूहमा १६.४३ प्रतिशत, स्वास्थ्यमा ११.२२ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिमा ८.७६ प्रतिशत, विविध वस्तु तथा सेवामा ८.६८ प्रतिशत र फर्निसिङ्ग तथा घरायसी उपकरणहरूमा ८.३३ प्रतिशतले महँगी बढेको छ।
यो अवधिमा काठमाडौं उपत्यकामा ६.९३ प्रतिशत, तराईमा ७.४९ प्रतिशत, पहाडमा ७.३० प्रतिशत र हिमालमा ६.६९ प्रतिशत मूल्य वृद्धि छ।
गत वर्ष २०७८ पुस महिनामा यी क्षेत्रहरूमा क्रमशः ५.२८ प्रतिशत, ६.१५ प्रतिशत, ५.३४ प्रतिशत र ५.२२ प्रतिशत मूल्य वृद्धि थियो।