नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल)को अध्यक्षमा दयाराम शर्मा चयन भएका छन्।
कम्पनीको २०३औं सञ्चालक समितिको बैठकले शर्मालाई सर्व–सम्मत रूपमा अध्यक्ष पदमा चयन गरेको हो।
सो सम्बन्धमा डेप्युटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनासँग मंगलबारको औपचारिक कार्यक्रममा उनले अध्यक्ष पदको लागि सपथ ग्रहण गरेका हुन्।
तत्कालीन अध्यक्ष राम बहादुर मानन्धरको नेपाल राष्ट्र बैंकभित्र विभाग परिवर्तन भएपछि शर्माले क्लियरिङ्ग हाउसमा प्रतिनिधित्व गरेका हुन्।
नेपाल क्लियरिङ्ग हाउसको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक र वित्तीय कम्पनीबाट प्रतिनिधि रहेका छन्।
एनसिएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवर्द्धित कम्पनी हो।